
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले एसएलसीको योग्यता भएका कर्मचारीलाई अधिकृतमा बढुवा गरेको पाइएको छ । नगरपालिकाले एसएलसीको योग्यता रहेका सुरेश कार्कीलाई अधिकृत छैटौँ तह अर्थात अधिकृतमा बढेको गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट उक्त उक्त विषय पत्ता लागेको हो ।
आठ वर्षअघि खरिदारसरहको पदबाट गोदावरी नगरपालिकाको सेवामा प्रवेश गरेका उनलाई नगपालिकाले कर्मचारी व्यवस्थापन (सेवा सर्तसम्बन्धी ऐन, २०७६ जारी गरी उनलाई शैक्षिक योग्यताभन्दा दुई तह माथिल्लो (अधिकृत छैटौँ)पदमा बढुवा गरेको हो ।
शैक्षिक योग्यताभन्दा एक तह माथि बढुवा हुन सक्ने निजामती ऐनको व्यवस्थाअनुसार उनी यसअघि नै नायब सुब्बासरह सबइन्जिनियरमा बढुवा भएका थिए । यता राष्ट्रिय सतर्कता केन्द्रले पनि सो नियुक्तिलाई गैरकानुनी भनेको छ । गोदावरीका मेयर गजेन्द्र महर्जनउनको बढुवा नभई स्तरोन्नति मात्र भएको बताउँछन् । यसो त सो नगरपालिकाको ऐन नै गैरकानुनी रहेको बताइन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्