- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैंयाँ प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ५६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।