- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ४ सय रुपैंयाँले घटेर प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ५३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १४४ रुपैयाँ ५० कायम गरेको छ ।