- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य थोरैले बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सय रुपैंयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७७ हजार १६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११० रुपैयाँ कायम गरेको छ ।