- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ३५ रुपैंयाँ प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १९२ रुपैयाँ कायम गरेको छ ।