- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि २० रुपैंयाँ प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।