- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार २४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५३ रुपैयाँ कायम गरेको छ ।