×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : प्रशासनिक केन्द्र धो डोल्पा बस्तीमा हिमपात, म्याग्दीको बेनी बजारमा अनुगमनलाई तिब्रता दिईयो !

PRIME CA

देश बोल्ने फोटो कथा : प्रशासनिक केन्द्र धो डोल्पा बस्तीमा हिमपात, म्याग्दीको बेनी बजारमा अनुगमनलाई तिब्रता दिईयो !

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्रशासनिक केन्द्र धो डोल्पा बस्तीमा भएको हिमपातदेखि म्याग्दीमा बजार अनुगमनमा तिब्रता दिईयोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं । 

हेरौं फोटो समाचारः
डोल्पोबुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्र धो डोल्पा बस्तीमा भएको हिमपात । नेपालको  सबैभन्दा उच्च स्थानमा रहेको  मानव बस्ती धो आकाशमा बादल देखिने बितिकै हिमपात  हुने गर्दछ । 
म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुलमा खाद्यान्न पसलको अनुगमन गर्दै घरेलु तथा साना उद्योग कार्यालयका टोली । निषेधाज्ञाको समयमा हुन सक्ने कृतिम अभाव र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गरिएको हो । 
विकास योजना निर्माणका लागि डोल्पा सदरमुकाम दुनैमा पाइप ओसार्दै मजदुर । कोरोना भाइरसको सङ्क्रम रोकथाम तथा नियन्त्रण गर्न  जिल्ला प्रशासनले यही वैशाख २१ देखि वैशाख ३१ सम्मका लागि यहाँ निषेधाज्ञा लागू गरेको छ । 
मध्यपुर थिमिमा बनाइएको माटोको गमला बेच्न हिँडेका ज्येष्ठ नागरिक । उनीहरुले एउटा गमलाको रु २०० देखि रु ५०० मा बिक्री गर्छन् ।
सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभा जिल्लालाई जोड्ने अरुण नदीको सतीघाटबाट फेरीको सहयोगमा सवारी तथा ढुवानीका साधन तारिँदै । 
कोरोना भाइरसको सङ्क्रमण  रोकथामका लागि सरकारले लागू गरेको  निषेधाज्ञाको अटेर गरी विना पास बल्खुमा चलाइएका सवारी साधन  सुरक्षाकर्मीको नियन्त्रणमा ।  
पछिल्लो समय कोरोना भाइरसलगायतका सङ्क्रमण बढेपछि जिल्ला प्रशासनले केही दिनका लागि जारी गरेको निषेधाज्ञाको अवधिमा पृथ्वीचोकमा सुरक्षा जाच गर्दै सुरक्षाकर्मी । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित मिलेनियम गुफा जाने बाटोमा पहिरो नियन्त्रणका लागि जाली भर्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २५ जनालाई रोजगारी दिइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: