×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमा क्षेत्र एलओसीबाट सेना फिर्ता गर्न भारत र चीनले गरे सम्झौता, चीनले भने फेरि सेना परिचालन गर्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सीमा क्षेत्र एलओसीबाट सेना फिर्ता गर्न भारत र चीनले गरे सम्झौता, चीनले भने फेरि सेना परिचालन गर्यो

नयाँ दिल्ली । भारत र चीनबीच सीमा क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी)बाट दुबै मुलुकले आफ्ना सेना फिर्ता गर्ने सहमति भए पनि चीनले भने उक्त क्षेत्रमा फेरि सेना परिचालन गरेको पाइएको छ । चीनको पिपुल्स लिब्रेसन आर्मीका दुई ठूलो बटालियन लद्दाख क्षेत्रमा फर्किएको भारतीय सैन्य खुफिया स्रोतले खुलासा गरेका छ । चीनले अक्साइ चीनमा स्प्रिंग अभ्यास सकेपछि फेरि एलओसीमा नै फर्किएको भारतीय सुरक्षा स्रोतले जानकारी गराएको हो ।
यसअघि उक्त क्षेत्रमा चौथो र छैटौं डिभिजन परिचालन भएको भए पनि हाल आठौं र एघारौं डिभिजन प्रतिस्थापन गरिएको छ । सुरक्षा स्रोतका अनुसार चौथो र छैटौ डिभिजन उक्त क्षेत्रमा कम्तिमा १० महिना बिताएको थियो । यसअिघ मेमा भएको झडपमा समेत चौथो र छैटौं डिभिजन नै उक्त क्षेत्रमा थियो । यस क्षेत्रमा परिचालन भएका दुबै संरचनाहरु सिन्जियांग सैन्य डिभिजन अन्तर्गत हेका छन् । उनीहरु त्यहाँबाट सिन्जियांग स्थायी बेस क्याम्पमा फर्किने गरेका छन् ।
यस्तो अवस्थामा भारतीय सेनाले दुईवटा पोइन्टमा काम गर्नुपर्ने सुझाइएको छ । पहिलो भनेको चिनियाँ सेना फिर्ता भएसँगै सोही क्षेत्रमा भारतीय सेना फिर्ता पठाउने र दोस्रो चीनसँग फेरि संवाद गरेर स्थितिलाई नियन्त्रण गर्ने रहेका छन् । भारतीय खुफिया एजेन्सीहरुका अनुसार उनीहरुले चिनियाँ सेनाको गतिविधिलाई नियालीरहेका छन् । चिनियाँ सेनाले तिब्बत र सिन्जियांग क्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: