×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा अस्पतालहरुको अवस्था निकै नाजुक, कोरोनाविरुद्धको लडाइँमा इजरायलले सहयोग गर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा अस्पतालहरुको अवस्था निकै नाजुक, कोरोनाविरुद्धको लडाइँमा इजरायलले सहयोग गर्ने

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । कोरोना महामारीको दोस्रो लहरले अहिले भारत सबैभन्दा बढी प्रभावित भएको छ । भारतमा कोरोना संक्रमितको संख्या दैनिक ४ लाख पुग्न थालेको छ । यो विश्वमै एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित देखिएका हुन् । यसअघि कोरोनाको पहिलो लहरविरुद्ध लड्नका लागि भारत सरकारले विश्वभरका मुलुकहरुमा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउँदै आएकोमा हाल भारत आफैं समस्यामा परेको छ । यस्तो अवस्थामा यसअघि भारतले सहयोग पुर्याएका मुलुकहरुले भारतलाई सहयोग गरिरहेका छन् ।
पछिल्लो केही वर्ष यता भारत र इजरायलबीचको सम्बन्धमा निकै सुधार आएको छ । यसअघि भारतले इजरायललाई कोरोनाविरुद्धको खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु र कारोनाविरुद्ध प्रभावकारी मानिएको औषधि उपलब्ध गराएको थियो । कोरोना महामारीको संकटको समयमा इजरायलले पनि भारतलाई आफ्नो मित्रतालाई थप सुदृढ भएको प्रमाणित गर्ने समय आएको छ ।
भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जाँदा अस्पतालहरु पनि भरिएका छन् । पहिलो लहरको तुलनामा हाल युवा पुस्ताका कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । कोरोना भाइरस महामारीविरुद्ध लड्न विश्वलाई खोप वितरण गरेको भारतमा हाल खोप अभाव हुन थालेको छ । अस्पतालका बेडहरु भरिएको छन् भने अक्सिजन सिलिन्डर भरिएका छन् । अस्पतालहरुको अवस्था हेर्दा अवस्था निकै नाजुक छ ।
यस्तो अवस्थामा इजरायल डिफेन्स फोर्सले कोरोना महामारीबाट बढी प्रभावित भएका सहरहरुमा अस्थायी उपचार शिविर स्थापना गरेर सेवा प्रदान गरिरहेका छन् । सन् २०१० मा हाइटीमा गएको भूकम्पमा पनि उद्धारमो पहिला मैदानमा खटिनेमा इजरायल सेना नै थियो । सन् २०१५ मा नेपालमा आएको भूकम्पमा पनि इजरायलले औषधिसहित ठूलो सहयोग गरेको थियो । हाल कोरोना संकटका समयमा इजरायलले भारतलाई सहयोग गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: