×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतलाई कोरोनाविरुद्ध लड्नका लागि पीएम केयर फन्डमा तिब्बती धर्म गुरुद्धारा सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतलाई कोरोनाविरुद्ध लड्नका लागि पीएम केयर फन्डमा तिब्बती धर्म गुरुद्धारा सहयोग

Artha Sarokar

२ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । तिब्बती धर्म गुरु दलाई लामाले भारतमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि प्रधानमन्त्री केयर फन्डमा सहयोग गरेका छन् । भारतमा पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर तीव्ररुपमा वृद्धि भइरहेको छ । पीएम केयर फन्डमा सहयोगपछि जारी गरेको एक वक्तव्यमा उनले कोभिड महामारीले विश्वमा नै नयाँ चुनौतीको सिर्जना गरेको बताएका छन् । यसबाट मुक्त हुनका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गुर्नुपर्नेसमेत उनले बताएका हुन् ।
विज्ञप्तिमा भनेका छन्, कोरोना संक्रमणको बढ्दो स्थितिले सिर्जना गरेको कोरोना महामारीजस्तो कठिन समयमा दलाई लामा ट्रष्टमार्फत कोरोनाविरुद्धको भारतका लडाइँमा एक्यबद्धता जनाउनका लागि पीएम केयर फण्डमा सहयोग गर्न म आग्रह गर्दछु । उनले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासको प्रशंसासमेत गरेका छन् । फ्रन्टलाइनमा रहेर कोरोनाविरुद्ध लडिरहेको योद्धाहरु उनले सम्मान व्यक्त गर्नुका साथै यो महामारीको त्रास चाँडै अन्त्यकोसमेत कामना गरेका छन् ।
भारत सरकारले सन् २०२० मा कोरोना महामारीको पहिलो लहरका क्रममा पीएम केयर फण्ड सुरु गरेको थियो । जसमार्फत सरकारले दैनिक मजदुरी गर्ने, खाना लाउन समस्या भएका व्यक्तिहरु तथा गरिब र असहायहरुलाई सहयोग गर्दै आएको छ । भारतमा पछिल्लो समय दैनिक लाखौं संक्रमितहरु फेला परिरहँदा स्वास्थ्य प्रणालीले नै धान्न नसक्ने अवस्था सिर्जना भएको छ । उक्त अवस्थालाई नियन्त्रण गर्न भारतका कयौं सहरहरुमा लकडाउन गरिएको छ । सरकारले लकडाउनको पूर्ण पालना गर्नसमेत नागरिकमा अपिल गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी