×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अफगान तालिबानमाथि कडा कदम चाल्न पाकिस्तानको चेतावनी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अफगान तालिबानमाथि कडा कदम चाल्न पाकिस्तानको चेतावनी

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानले अफगान तालिबानलाई शान्ति प्रक्रियामा फर्काउनका लागि नयाँ पहल थालेको छ । पाकिस्तानले अफगान तालिबान अहिले शान्ति प्रक्रियामा नफर्किएको अवस्थामा तालिबानमाथि कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ । एक वरिष्ठ पाकिस्तानी अधिकारीले दोहामा अफगान तालिबानका नेतासँगको कुराकानीमा इस्तानबुल कन्फरेन्समा आफूहरु सहभागी नहुने स्पष्ट पारेका थिए ।
अफगानी तालिबान पूर्णरुपमा शान्ति प्रक्रियामा नफर्किएसम्म तालिबानका हरेक गतिविधिहरुको विरोध गर्नेसमेत जनाइएको छ । पाकिस्तानले तालिबानलाई यदि कुनै लचकता नदेखाएको अवस्थामा उनीहरुले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत चेतावनी दिइएको छ । संयुक्त राज्य अमेरिकाले टर्कीको इस्तानबुलमा आयोजना गर्न लागेको अफगान शान्ति सम्मेलनमा टर्की, कतार र संयुक्त राष्ट्रसंघको सहभागिता रहने बताइएको थियो ।
तर उक्त सम्मेलनमा तालिबानी नेताहरुको अनुपस्थितिका कारण उक्त सम्मेलन स्थगितसमेत गरिएको थियो । यसलाई अफगान शान्ति प्रक्रियाको द्रुत मार्ग भनिएको थियो तर, वाशिंगटनको नयाँ प्रशासनले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने समयावधि छ महिनाका लागि बढाएपछि तालिबानी समूह आक्रोशित बनेको हो । राष्ट्रपति जो बाइडेनले मे १ देखि सेप्टेम्बर ११ सम्म आफ्ना सबै सेनाहरुलाई पूर्णरुपमा फिर्ता गरिसक्ने बताएका छन् ।
तालिबान समूहले भने राष्ट्रपति बाइडेनको उक्त घोषणालाई अस्वीकार गरेका छन् भने यसअघि भएको बृहत् शान्ति सम्झौतालाई उल्लंघन गरेको आरोप लगाएका छन् । यसअघि पाकिस्तान, टर्की र अफगानिस्ताका विदेशमन्त्रीहरुबीच इस्तानबुलमा भेटवार्ता भएको थियो । उक्त भेटमा पाकिस्तानी विदेशमन्त्रीले तालिबानलाई सम्झौतामार्फत नै शान्ति प्रक्रियामा ल्याउन सकेको अवस्थामा अफगानिस्तानमा दिगो शान्ति हुने बताएका थिएा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: