
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलाली जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बैंक तथा वित्तीय संस्थाका सबै सम्पूर्ण सेवा बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले सरकारी कारोबारबाहेक बैंक तथा वित्तीय संस्थाको सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
यद्यपि बैंक तथा वित्तीय संस्थाहरुका एटीएम तथा विद्युतीय प्रणालीबाट प्रवाह हुने सेवा भने सुचारु नै हुनेछन् । प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवाका कर्मचारीहरुले कार्यालयले जारी गरेको परिचय–पत्रको आधारमा आवतजावत गर्न सक्ने बताए । कैलालीमा जारी निषेधाज्ञा जेठ ६ गतेसम्मको लागि लम्ब्याइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्