×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कडा निषेधाज्ञाभर खाद्यान्नको अभाव हुन दिदैनौं, अभाव भए यी नम्बरमा फोन गर्नुस्, घरमै गाडी आउँछ’ : सिडिओ (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनीक उपभोग्य वस्तुको सहज आपुर्तिको व्यवस्था मिलाईएकाले घरमै बसेर निषेधाज्ञाको पुर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भईरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपुर्ति सहज पारिने जनाएको हो ।
विहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसंग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्दैशन दिएको हो । प्रशासनले अत्यावश्यक दैनिक उपभोग्य सामान खरिदमा समस्या नहुने गरि व्यवस्था मिलाउने जिम्मेवारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको छ । निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामाग्रीको सहज आपुर्तिको व्यवस्था मिलाउनका मोडालिटी पनि तयार भएको भन्दै प्रशासनले निषेधाज्ञालाई पालना गर्न अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले अत्यावश्यक सामानको अभाव हुन नदिने गरि व्यवस्था मिलाईएकाले ढुक्क भएर घरभित्रै बसी निषेधाज्ञाको पालना गरि कोरोना नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले आज नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरु संग छलफल गर्यौ । कोरोनाको संक्रमण दर घटाउनकै लागि हामीले यो निर्णय गरेका हौं । यस्तो अवस्थामा दाल चामल तेल नुन, गेडागुडी लगायत अत्यावश्यक सामाग्रीको सहज आपुर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड संयुक्त मोबाईल टीम परिचालन गरि स्थलगत रुपमा नै अत्यावश्यक वस्तुको आपुर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौ । हामीले सम्पर्क नम्बर सहितको सूचना निकाल्छौ जहाँ जहाँ आवश्यक परेको छ उहाँहरुले सुपथ र उचित मुल्यमा दैनीक अत्यावश्वयक पर्ने सामानहरु खरिद गर्न सक्नुहुन्छ । हामीसंग खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुका जानकारी अनुसार अहिले प्रसस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामाग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौ । अहिले एक हप्ताको लागि चाहीँ यीनै दुई संस्थाबाट उपभोक्ता संरक्षण मञ्चको पदाधिकारी उपस्थितिमा विक्रि वितरणको व्यवस्था मिलाईएको छ । सर्वसाधरण नागरिकले किन्नै नपाईने हो कि? हाहाकार हुने हो कि ? पसलमा छैन कि भन्ने चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ ।’
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट अनलाईनका माध्यमबाट यथाशिघ्र खाद्य सामाग्री मागको विवरण संकलन गर्ने र सोही बमोजिम गाडीबाट आपुर्तिको स्थलगत व्यवस्थापन मिलाउन निर्देशन गरिएको छ । त्यसैगरी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले अनलाईन गाडी मार्फत रुटहरु एक्किन गरि स्थानीय स्तरमा स्थानीय तहको समन्वय गरि स्थलगत रुपमा नै खाद्य बस्तुहरु उपलब्ध गराउने, कसैलाई खाद्यान्न अभाव भएमा हामीले सार्वजनिक गरेका नम्बरमा फोन सम्पर्क गरी खरिद गर्ने व्यवस्था मिलाउने र त्यसको व्यववस्थापन गर्नका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले सार्वजनिक सूचना जारी गर्ने, खाद्यान्न आपुर्ति व्यवस्थामा आवश्यक पर्ने गाडी, चालक र कर्मचारीको निर्वाध आवागमनको लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने छ । मोबाईलबाट खाद्य आपुर्ति गर्ने सम्बन्धमा तोकिएको स्थान र रुटका विषयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपुर्ति एवं सार्वजनिक सुचना जारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
खाद्य आपुर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन नियमित समिक्षा गर्ने र केही समस्या आए तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो । उहाँले आपत विपतमा परेका र अत्यन्तै विपन्न नागरिकहरुलाई खाद्यान्न अभाव भएमा आवश्यक खाद्यान्न वितरणको व्यवस्था मिलाउन सम्बन्धीत सबै स्थानीय तहलाई अनुरोध गरिने बताउनुभयो । साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमारराज राजभण्डारीले उपभोक्ताहरुलाई अत्यावश्य दैनीक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरि मोबाईल भ्यान परिचालन गरिने र आवश्यकता र माग भए बमोजिम टोल टोलमा परिचालन गरिने बताउनुभयो । खाद्य व्यवस्था व्यापार कम्पनीका विभागिय प्रमुख प्रेम थापाले प्रशस्त खाद्यान्न मौज्दात रहेको र अनलाईन डेलिभरी दिन सक्ने स्थितिमा आफुहरु रहेको भन्दै काठमाण्डौ उपत्यकाका टोलटोलमा खाद्य सामाग्री पठाउन सक्ने व्यवस्थापकिय तयारी गरिएकाले ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।
छलफलमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका प्रेमलाल महर्जनले कोभिड १९ संक्रमणको दोश्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेसंगै खाद्य बस्तुको सहज उपलब्ध गराउने व्यवस्था मिलाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय अत्यन्तै सकारात्मक भएको बताउनुभयो । अघिल्लो बर्षको बन्दा बन्दी विना पुर्वतयारी गरिएकाले समस्या भएको भन्दै अहिले भने सर्वसाधरणको माग अनुसार स्थानीयस्तरमा नै खाद्यान्न उपलब्ध गराउने विषय सकारात्मक रहेको भन्दै कुनै पनि किसिमले यस निर्णयलाई राजनीतिकरण गर्न नहुने तर्क गर्नुभयो ।जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गरिएको छ । अत्यावश्यक सेवा बाहेक किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्ट स्टोरहरु पनि २० गतेसम्म खोल्न पाईने छैन । हेर्नुहोस् भिडियोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: