×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई राहात वितरण गर्ने, अस्पताललाई पनि सहयोग गर्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई राहात वितरण गर्ने, अस्पताललाई पनि सहयोग गर्ने !

  • गम बहादुर खड्का/अर्थ सरोकार सम्बाददाता 
डोटी ।  कोरोना महामारीको बेला किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई विभिन्न राहात समाग्री माक्स, सेनिटाइजर, पञ्जा र स्वास्थ्यकर्मी पिपिइ तथा दुर्गममा अक्सिजनको व्यवस्था नभएका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, एन्टिजन लगाएतका सामाग्रीहरु वितरण गर्ने भएको छ ।
कोरोना भाइरसको माहामारीका बेला केन्द्र बैठकहरु सन्चालन नगर्ने तर केन्द्र प्रमुखको सहायताले निषेधाज्ञा र स्वास्थ्य सम्बन्धी नियमको पूर्ण रुपमा पालना गरि केन्द्र प्रमुख लाई बिषेश सुरक्षा साबधानिका साथ E-Sewa, mobile banking, QR codeको प्रयोगबाट Digital payment गर्ने र online Loan processing system को प्रयोगबाट कर्जा प्रबाह गर्ने गरि यसै जेष्ठ १ गते देखि जिम्मेवारी दिएको छ ।
यसरी कारोबार गरिदिए वापत केन्द्र प्रमुखलाई असुली रकमको २ देखि ५ प्रतिशत सम्म कमिसन र यस्तो अबस्थामा व्याज बुझाउने ग्राहकलाई ५ देखि १० प्रतिशत सम्म व्याज र सम्पूर्ण हर्जाना छुट दिने भएकोछ । साथै कोरनाबाट प्रभावित सदस्यलाई सहुलियत व्याजदरमा कोरना आकस्मिक कर्जा र बचत समेत सहज रुपमा उपलब्ध गराउने भनि यस किसान लधुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह ले जानकारी दिएका छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: