- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । निषेधाज्ञाको पाचौँ दिन धनगढी सुनसान प्राय बनेको छ । यद्यपी निषेधाज्ञाको सुरुवाती दिनभन्दा अवस्था फितलो भने देखिएको छ । दैनिक बढीरहेको संक्रमण दर र मृत्युदरको चेन ब्रेक गर्नका लागि गरिएको निषेधाज्ञाको प्रभावकारी रुपमा पालना भने भएको छैन ।
जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै निषेधाज्ञाको पुर्ण पालना गराउन र नियमको उल्लंघन गर्नेलाई कारवाही गर्न निर्देशन दिईसकेको भएतापनि कार्यान्वयन गर्न नसक्दा लापरवाही बढ्दै गएको छ । तत्कालिन अवस्थामा धनगढीमा मात्रै दैनिक औषतमा ७ देखी १० जना संक्रमितको मृत्यु भईरहेको छ । संक्रमणको चेन ब्रेक गर्नका लागि लकडाउनको पुर्ण पालन गर्नुपर्ने देखिन्छ । फोटो फिचरमा हेर्नुहोस् पाचौँ दिन धनगढीको माहोलः