- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वैशाख २६ गतेदेखि महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।
यसमा न्यूनतम ६९८ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा पेश गर्नुपर्नेछ ।