Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५६ हजार २७० कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । बैंकले महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको हो । लगानीकर्ताले सो सेयरमा न्यूनतम ७८३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।  
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सो सेयरको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK