Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म भर्न पाईन्छ आवेदन?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर निष्कासन गरेको छ । कम्पनीले जेठ १६ गते आइतबार (आज)देखि संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर निष्कासन गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । 
उक्त संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने भएका छन् । आवेदन भने जेठ १६ गतेदेखि जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिनेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK