Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्स्योरेन्सद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २६.८७ प्रतिशतले बढ्दा इपीएस कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा २६.८७% ले बढाएर १७ करोड १ लाख २२ हजार रुपैयाँ कमाएको  वित्तीय विवरण सार्वजनिक गरेको हो । 
सार्वजनिक विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । बिमा कोषको आकार ३९.०५% ले बढेर ५० करोड ७१ लाख ६० हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि ३५.२७% ले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ पुगेको छ । 
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर १९ रुपैयाँ ७२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK