
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्नेको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।
सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । नेष्डोलाई नेपाल राष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्थापक समूहको हिस्सा ७०% सेयर छ । यस लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुले १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता गरिसकेका छन् । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यद्दपि, धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ जारी हुनेछ ।।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्