×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले प्रयोगशालामा विकास गरि कोरोना भाइरस विश्वमा फैलाएको अमेरिकाको आरोप, चीनद्धारा अस्वीकार

PRIME CA

चीनले प्रयोगशालामा विकास गरि कोरोना भाइरस विश्वमा फैलाएको अमेरिकाको आरोप, चीनद्धारा अस्वीकार

अर्थ सरोकार

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार

नयाँ दिल्ली । सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कारोना प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको एक वर्ष बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । महामारीको पहिलो लहरमा सबैभन्दा बढी अमेरिका प्रभावित भए पनि दोस्रो लहरमा भने भारतले ठूलो संकटको सामना गर्नुपरेको छ । महामारीको उत्पत्ति कसरी भयो भन्ने हालसम्म यकिन कुनै तथ्यांक फेला परेको छैन । अमेरिकासहितका पश्चिमा राष्ट्रहरुले कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरि विश्वमा फैलाएको आरोप लगाएका छन् । तर चीनले भने यो आरोपलाई अस्वीकार गरेको छ ।
विश्व कारोना महामारीको दोस्रो लहरले आक्रान्त बनिरहँदा चीन भने कोरोनामुक्तको अवस्थामा रहेको पाइएका छ । यसको कारणहरुबारे खोज्दै जाँदा सन् २०१५ मा नै कोरोना भाइरसको बारेमा चर्चा भएको पाइएको हो । सन् २०१५ मा चिनियाँ वैज्ञानिक र चिनियाँ जनस्वास्थ्य अधिकारीहरुले तयार गरेको एक प्रतिवेदन अनुसार सार्स कोरोना भाइरसलाई हतियारको रुपमा प्रयोग गर्न सकिनेबारे तयार पारेको प्रतिवेदन लिक भएको छ । विकइन्ड अस्ट्रेलियाले सार्वजनिक गरेको दी अनन्याचुरल वरिजिन अफ सार्स एन्ड न्यु स्पेसिज् अफ म्यानमेड भाइरसेज् शीर्षकको उक्त प्रतिवेदनमा सार्स भाइरसलाई जेनेटिक जीवहतियारको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनमा तेस्रो विश्वयुद्ध जैविक हतियारमार्फ लड्नुपर्ने निष्कर्ष निकालिएको हो । कोरोना महामारी सुरु हुनुभन्दा पाँच वर्षअगाडि तयार गरिएको उक्त प्रतिवेदनमा कोराना भाइरसलाई नयाँ युगको जेनेटिक हतियारको संज्ञा दिइएको छ । यसलाई कृत्रिमरुपमा तयार गर्नुपर्ने र मानवीय रोगको रुपमा देखाएर प्रयोग गर्न सकिने जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘यो भाइरसको संक्रमणमार्फत विश्वलाई नै परास्त गर्न सकिने र यसको क्षति यति धेरै हुनेछ कि यसअघि कहिल्यै पनि भएको थिएन ।’
अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशकले उक्त प्रतिवेदन हामीले प्राप्त गरेसँगै बन्दुकको धुवाँजस्तै गरि लुकाइएको बताएका छन् । उनले भने, ‘यो प्रतिवेदनलाई हामीले महत्वपूर्णरुपमा हेर्नुपर्छ । किनकी चिनियाँ वैज्ञानिकहरुले जहिले पनि सैन्य दृष्टिकोणबाट नै कुनै कुरालाई अध्ययन गर्ने गर्दछन् । यस प्रतिवेदनमा पनि वैज्ञानिकहरुले कोरोना भाइरसका विभिन्न रुवरुपबारे उल्लेख गरिएको छ भने यसलाई कसरी फैलाउने भन्ने विषयमा पनि उल्लेख छ ।’ उनले यसअघि आफूहरुले आशंका गरेको कोरोना भाइरसलाई सैन्य हतियारको रुपमा प्रयोग गरेको अनुमानसँग मेल खान गएकोसमेत बताएका छन् ।
यस प्रतिवेदनले कोरोना भाइरसको उत्पत्तिबारे चीनबाहिर नै अध्ययन तथा अनुसन्धानहरु गर्नुपर्ने कुरामा चीनले किन जोड दिइरहेको छ भन्ने कुरा पनि स्पष्ट पारेको कार्यकारी निर्देशक पिटरले जनाएका छन् । उनले भने, ‘यदि यो चीनको वेट मार्केटबाट यो फैलिएको हो भने यसमा पनि चीनको नै षड्यन्त्र हुनुपर्छ । अब यसमा शंका गर्ने र अनुसन्धान थप गर्नैपर्ने प्रमाण फेला परेको छ ।’ उक्त प्रतिवेदनका ८ जना लेखकहरु चिनियाँ सेना पिपुल्स लिब्रेसन आर्मीमा संलग्न वैज्ञानिक र हतियार विज्ञ हुन् । साइबर सेक्युरिटी विज्ञ रोबर्ट पोटरले यस प्रतिवेदनलाई थप अध्ययन गर्न र प्रमाणित गर्न आग्रह गरेका छ्न । उनले थपे, ‘मलाई लाग्छ, यो प्रतिवेदन झुटो हाइने । यसमा चीनको हात नै रहेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: