×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय वायु सेनाले उडायो हालसम्मकै सबैभन्दा लामो उडान, विभिन्न मुलुकहरुबाट स्वास्थ्य सामग्री ल्याउँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतीय वायु सेनाले उडायो हालसम्मकै सबैभन्दा लामो उडान, विभिन्न मुलुकहरुबाट स्वास्थ्य सामग्री ल्याउँदै

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनेको भारतमा विश्वका विभिन्न मुलुकहरुले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेका छन् । पहिलो लहरका क्रममा विश्वभरका विभिन्न मुलुकहरुलाई स्वास्थ्य सामग्री, औषधि र कोरोनाविरुद्धको खोप उपलब्ध गराएको भारत हाल आफैं दोस्रो लहरको चपेटामा परेको छ । यस्तो अवस्थामा भारतीय वायुसेनाले आफ्नो विमानमार्फत हालसम्मको लामो ५०० घण्टाका उडान गर्दै विश्वका विभिन्न मुलुकहरुबाट स्वास्थ्य सामग्रीहरु ल्याइरहेको छ । भारतीय वायुसेनाको विमानले कोरोना संकटविरुद्ध लड्नका लागि सिंगापुर, दुबइ, बैंकक, फ्रयांकफर्ट बेलायतलगायतका मुलुकहरुमा उडान गरेर स्वास्थ्य साम्रगीहरु तथा अक्सिजन कन्टेनरहरु ल्याइरहेको छ ।
मे ४ सम्मा भारत सरकारले ४९०० सिलिन्डर अक्सिजन बेलायतबाट ल्याएको थियो । भारतीय वायु सेनाले यसलाई हालसम्मकै सबैभन्दा लामो उडान भएको बताएका छन् । भारतीय वायुसेनाको सी१७ ग्लोबमास्टर ३ ले ३५ घण्टा लामो उडान गर्दै ३७ टन सिलिन्डर ल्याएर ब्रिज नोर्टनबाट चेन्नई अवतरण गरेको हो । यससँगै भारतीय वायुसेनाले देशभर अक्सिजन पुर्याउनका लागि ३६० घण्टा उडान गरेकोसमेत जनाएको छ । उक्त विमानमार्फत खाली सिलिन्डरहरु, अक्सिजन प्लान्टका उपकरणहरु, अत्यावश्यक ओषधि तथा अस्पतालका उपकरणहरु विभिन्न राज्यहरुमा पुर्याउने काम समेत भारतीय सेनाले गरिरहेको छ ।
यससँगै भारतीय वायुसेनाको र्यापिड एक्सन मेडिकल टिम र भारतीय नौसेनाका मेडिकल अफिसरहरुलाई पनि देशभरका विभिन्न राज्यहरुमा पुर्याउने काम गरेको छ । भारतीय वायुसेनाले आठवटा सी१७, चार आइएल७६, १० वटा सी१३० र २० वटा एन३२ विमानहरुलाई परिचालन गरेको छ । यससँगै एमआइ१७भी५ र चिनोक हेलिकोप्टरलाई समेत ३६० घण्टा नै उडानका लागि तयारी अवस्थामा राखेको छ । त्यसैगरि भारतीय नौसेनाले सामग्री आयातका लागि सातवटा पानीजहाजलाई पनि विभिन्न मुलुकमा पठाइएको जनाइएको छ । विभिन्न मुलुकहरुबाट अक्सिजन ल्याउने काम भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: