×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंक लिमिटेडको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL

एनआइसी एसिया बैंक लिमिटेडको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ९७ हजार ७०६ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज शुक्रबार कार्यालय समयसम्म मात्रै सो सेयरमा आवेदन दिने सकिनेछ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेसनल लाइफ इन्स्योरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्समा न्यूनतम ४४३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट सो सेयरमा बोलपत्र पेश गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी