×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

१० महिनामा एनआईसी एशिया बैंक लिमिटेडले गर्यो चमत्कार: निक्षेपमा ९३ अर्बको बढोत्तरी, कर्जा लगानीमा पनि आक्रामक !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले निक्षेप संकलनमा नयाँ रेकर्ड बनाएको छ । बैंकले वैशाख मसान्तसम्ममा ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर नयाँ रेकर्ड बनाएको हो । बैंकले एक महिनामा  मात्रै ९ अर्बले निक्षेप बढाएर अन्य बैंक भन्दा अगाडी आएको हो  । बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ९३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यद्यपि एनआईसीले १० महिनामा बढाएको निक्षेप अन्य बैंकले हालसम्म पनि पुर्याउन सकेका छैनन् ।
यता कर्जा लगानीमा पनि यो बैंक अरु भन्दा आक्रामक देखिएको छ । बैंकले २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा दिएको छ । चालु आर्थिक वर्षको १० महिनामा ९३ अर्ब रुपैयाँले कर्जा बढाएको छ । यसो त वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरुको ३६ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १० महिनामा मात्रै ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् । यस्तै वैशाख मसान्तसम्ममा बैंकहरुले ३६ खर्ब १० अर्ब रुपैंयाँ कर्जा लगानी गरेका छन् भने पछिल्लो १० महिनामा मात्रै ६ खर्ब ६८ अर्ब रुपैयाँले कर्जा बढेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal