
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकले बिक्री नभएको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको हो । पटक पटक लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि बैंकले न्यूनतम ४१६ रुपैयाँ भाउ राखेर फेरी बिक्रीमा ल्याएको हो ।
कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पनि सो सेयरमा आवेदन दिन सक्नेछन् भने जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा लिलामी बोलपत्र बुझाउनूपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्