×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ९७ हजार बढी कित्ता संस्थापक सेयर लिलामीमा, भाउ कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ९७ हजार बढी कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले नेसनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता  र महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।  पटक-पटक लिलामी बिक्री खुला गर्दा पनि आवेदन नपरेपछि बिहीबारदेखि पुनः लिलामीमा ल्याएको हो ।
नेसनल न्यूनतम मूल्य प्रतिकित्ता ५१७ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यस्तै एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा यसका विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा   न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यस्तै महुलीको सेयरको न्यूनतम भाउ प्रतिकित्ता ७८३ तोकिएको छ । लगानीकर्ताले न्यनतम ५०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । दुवै सेयरमा जेठ ३१ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: