×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

PRIME CA
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिने रहेको छ । आज कार्यालय समयसम्म मात्रै कम्पनीको सो सेयरमा आवेदन दिन सकिने भएको हो ।
कम्पनीले प्रतिकित्ता सेयरको भाउ न्यूनतम ५५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सोहि मूल्यलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । सो सेयरमा निर्धनका संस्थापक सेयरधनीका साथै सर्वसाधारण तथा अन्य योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: