×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ५.१३% को सुधार, खुद नाफासहित अन्य सूचकहरुको अवस्था कस्तो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीले ३५.२२% ले खुद नाफा वृद्धि गरि २१ करोड २८ लाख ३ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले गत वर्षको यसै अवधिमा १५ करोड ७३ लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । 
सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८९ पैसाले घटेर २५ रुपैयाँ ८८ पैसामा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ पनि ५५ रुपैयाँ ३३ पैसाले घटेर २३३ रुपैयाँ ७८ पैसामा सीमित भएको छ ।
यता कम्पनीले रिजर्भ कोषमा पनि ५२.६३% वृद्धि गरी ४२ करोड २८ लाख ५७ हजार रुपैयाँ जम्मा गरेको छ । बिमा कोषमा पनि १५.१३% ले सुधार हुँदै १ अर्ब २७ लाख १२ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क ३६.२५% र चुक्ता पूँजी ७१.२०% ले बढेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: