×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको १ अर्ब ५० करोडको १५ लाख इकाई उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि बैंकको १ अर्ब ५० करोडको १५ लाख इकाई उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकको उक्त ऋणपत्रमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिने पाइने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको थियो । 
कुल १५ लाख इकाई ऋणपत्रमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको थियो । बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२/९३’ जारी गरेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४% ब्याजदर पाउने छन् । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी