×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठ २ गतेदेखि एनएमबि बैंकले २ अर्ब रुपैयाँको २० लाख इकाई ऋणपत्र जारी गर्ने, कति छ ब्याजदर ?

PRIME CA
GLOBAL IME BANK

जेठ २ गतेदेखि एनएमबि बैंकले २ अर्ब रुपैयाँको २० लाख इकाई ऋणपत्र जारी गर्ने, कति छ ब्याजदर ?

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जेठ २ गतेदेखि एनएमबि बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ‘एनएमबि ऋणपत्र ८.५०% – २०८७/८८’ निष्काशन गर्न लागेको हो ।
जसमा १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सो ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ भने जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ ।
बिक्री प्रबन्धधको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: