NABIL AD

त्रिशूली नदी पक्की पुल निर्माण सम्पन्न भएको ३ महिना पुग्दा पनि अझै सञ्चालनमा आएन, यस्तो छ कारण

GARIMA BANK
काठमाडौं । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ । सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडककको ट्रयाक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका (तारुका)का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छि गाउँपालिका-१ र नुवाकोटको बेलकोटगढी नगरपालिका-५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अवरोध, असहयोग, विवादका कारण ट्रयाक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी-फोस्रेटार-आँपचौर-सुनौला बजार-धादिङबेशी सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै सुरुवात गरेका छन् । पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका, गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् । एप्रोज सडककको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र गल्छि गाउँपालिकालाई एप्रोज सडककको ट्रयाक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । उहाँले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो एप्रोज सडककको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिनुभयो । 
 
पुल बन्न सात वर्ष लाग्यो 
चरवर्षमा बन्नुपर्ने पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो । १९२ मिटर लामो पुलको निर्माण गर्न करिव सात वर्ष लागेको थियो ।  सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी-फोस्रेटार-आँपचौर-सुनौला बजार-धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ । साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ । एक अभियानकर्मी भन्नुहुन्छ ‘पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्यौ । अनुनय विनय गर्यौं । पक्कि पुल भनेर के गर्नु ? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।’
सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ । समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी-फोस्रेटार-आँपचौर-सुनौला बजार-धादिङबेशी सडकको स्तरोन्नतीमा थप बजेट निकासा गर्ने योजना छ ।’
फोस्रेटार-आँपचौर-सुनौला बजार-धादिङबेशी सडकको ट्रयाक खुलाउन सुरुवातका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो । यसकार्यमा बोर्डका तत्कालीन इञ्जिनियर मुरलीगोपाल रञ्जितकार र नीलकण्ठ-५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरि शर्मा नेपालको अथक योगदान छ । उहाँले भन्नुभयो, ‘अब सडक कालोपत्रे गर्न  सबै जुट्नुपर्छ । यसका लागि सहयोग र सहकार्य आवश्यक छ ।’ गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएतापनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ । -रासस
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal