×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महामारीको तेस्रो लहर बढेसँगै सिन्ध सरकारले गर्यो विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय

कराची । पाकिस्तानमा कोरोना महामारीको तेस्रो लहर सुरु भएको छ । महामारीको तेस्रो लहरलाई नियन्त्रण गर्ने उद्देश्यले सिन्ध सरकारले प्रान्तका सबै विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले प्रान्तीय सरकारको कार्यालयले कूल कर्मचारीको २० प्रतिशलाई मात्रै कार्यालयमा बोलाएर काम गर्नसमेत निर्देशन दिएको छ ।
सबै स्कूल, कलेज र विश्वविद्यालयहरू कोभिड १९ महामारी बढ्दै गएपछि बन्द गर्नुपरेको उनले बताएका हुन् । उनले सिन्धका मुख्यमन्त्री मुराद अली शाहले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि प्रान्तीय टास्क फोर्स गठन गरेको र उक्त टास्क फोर्सको सिफारिस अुनसार उक्त निर्णयहरु गरिएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचारले जनाए अनुसार बैठकमा उपस्थित अधिकारीहरुलाई प्रान्तको कोरोना भाइरस संक्रमितको अवस्थाको बारेमा जानकारी गराइएको थियो । उनीहरूलाई डो युनिभर्सिटी ओझा क्याम्पस, ट्रामा सेन्टर र गम्बत अस्पतालमा अक्सिजन प्लान्टहरू स्थापना गर्नेसमेत जनाइएको थियो ।
प्रवक्ताका अनुसार प्रान्तीय सरकारले जेलमा भेट्न आउने आफन्तहरुलाई पनि केही समयका लागि प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको छ । त्यसैगरि अन्तसहरीय यातायात सुविधामा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ । अस्पतालहरुमा बेड अभाव हुनुका साथै अक्सिजन पनि अभाव भइरहेको भन्ने समाचाहरु आइरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: