Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : संक्रमितले भरियो कैलालीको सेती प्रादेशिक अस्पताल, निषेधाज्ञापछि सुनसान देखियो नेपालगञ्ज

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कैलालीको सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितले भरिभराउ भएपछि अस्पतालको ग्यालरीमै राखेर सङ्क्रमितको उपचार गरिएकोदेखि निषेधाज्ञाका कारण सुनसान देखिएको नेपालगञ्जको धम्बोझी चोकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितले भरिभराउ भएपछि अस्पतालको ग्यालरीमै राखेर सङ्क्रमितको उपचार गरिँदै ।
कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण सुनसान देखिएको नेपालगञ्जको धम्बोझी चोक ।
घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य प्रतिष्ठानलाई  कोरोनाका बिरामीलाई उपचारमा सहयोग पुगोस् भनेर ५० वटा सिलिन्डर हस्तान्तरण गरेको छ ।
कोरोना माहामारीमा मनाङमा  १४ जना सङ्क्रमित देखिँदै गर्दा जिल्लावासीलाई  आषधि र माक्ससहित नासो गाउँपालिका– ६, ७  तिल्चे गाउँ  ८ ताचै र ४ ओडार गाउँमा पुगेर  सर्वसाधारण औषधि, माक्स र यसको प्रगोग गर्न र गाराउन गाउँगाउँ पुगेका हुन् ।  सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका गुल्मपती  डिएसपी होमनाथ पन्थीका साथ ७ जना जवानले गाउँगाउँमा पुगेर कोरोना भाइरससँग कसरी बाँच्ने भन्नेबारे जनाकारी गराउँदै  । 
दोस्रो लहरको कोरोना भाइरसका कारण सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसान  वसन्तपुर क्षेत्र ।
दाङको तुलसीपुर निवासी यज्ञबहादुर केसी आफ्नो  जन्मदिनका अवसरमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सिलिण्डर सहयोग गर्दै । केसीले २२ थान सिलिण्डर सहयोग गर्नुभएको छ । 
विभिन्न ठाउँमा निषेधाज्ञाका समयमा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा मूल्य वृद्धिका विषयमा अनुगमन गरिँदै। 
धौलागिरि आरोहणमा गएको पूर्णिमा श्रेष्ठलगायतको टोलीलाई लिन बिहीबार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराब भएपछि धौलागिरि गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK