×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : संक्रमितले भरियो नेपालगञ्जको भेरी अस्पताल, ग्याँसको जोहो गर्न लामबद्ध बसे तनहुँका स्थानीय

PRIME CA

देश बोल्ने फोटो कथा : संक्रमितले भरियो नेपालगञ्जको भेरी अस्पताल, ग्याँसको जोहो गर्न लामबद्ध बसे तनहुँका स्थानीय

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा संक्रमितले भरिएको नेपालगञ्जको भेरी अस्पतालदेखि ग्याँसको जोहो गर्न लामबद्ध बसेका तनहुँका स्थानीयसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामी । 
व्यासनगरपालिका–२ स्थित पार्सल सप्लार्यसमा बुधबार ग्यास लिन सिलिण्डरसहित लामबद्ध बसेका सर्वसाधारण । तनहुँमा आज राति १२ बजेदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पिपिई प्रयोग गरेर कोरोना सङ्क्रमितको उपचारका लागि खटिएको  एक नर्स । 
वालिङ ८ जैसीपधँेरास्थित सिद्धार्थ राजमार्गमा बन्दाबन्दीको अवज्ञा गरी चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मी । सुरक्षाकर्मीले दिनभर नियन्त्रणमा राखेर साँझ पख छाड्ने गरेको छ । 
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सडकमा कालोपत्रेका लागि बिछ्याइएको बिटुमिन । कोवाङदेखि कैकुखोलासम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि तयार भएको छ ।
पोखराको चिप्लेढुङ्गा बजारमा साइकलमा तरकारी बिक्रीका लागि लिएर हिँडेका व्यापारी । जिल्ला प्रशासनले बिहान ५ देखि ९ बजेसम्मका लागि  सर्वसाधारणलाई   खाद्य वस्तु किनमेलका लागि समय तोकिदिएको छ ।
तनहुँको दमौलीबाट गन्तव्यतर्फ जाँदै गरेका युवा । कोभिडको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गर्दैछ ।
हुम्लामा कोभिड सङ्क्रमित भेटिएपछि मङ्गलबार राति १२ बजेदेखि निषेधाज्ञा । निषेधाज्ञापछि बुधबार बिहानैदेखि सिमकोट बजार सुनसान बनेको छ ।
बर्दियाको गुलरिया नगरपालिका– ५ स्थित बालापुरका किसानले उत्पादन गरेको गोलभेडा स्थानीय बजारतर्फ परम्परागत साधान लरियामा बेच्न लाँदै ।
कोभिड–१९ को सङ्क्रमितका कारण विभिन्न ठाउँमा बुधबार मृत्यु भएका सर्वसाधारणको पशुपतिस्थित बागमती नदी किनारामा अन्तिम संस्कार गर्दै सुरक्षाकर्मी । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: