×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्युआर कोडमार्फत् ‘ओली बा’ले खोले बैंक खाता, मुस्कुराउँदै भने- ‘केहि सेकेन्डमै खाता नम्बर प्राप्त भयो’

PRIME CA
GLOBAL IME BANK

क्युआर कोडमार्फत् ‘ओली बा’ले खोले बैंक खाता, मुस्कुराउँदै भने- ‘केहि सेकेन्डमै खाता नम्बर प्राप्त भयो’

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोलेका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । जससँगै आजबाट सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । 
प्रधानमन्त्री ओलीले नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोलेका हुन् । र आफुले क्युआर कोडमार्फत् बैंक खाता खोलेको र खाता नम्बर पनि पाइसकेको बताए । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्नेलगायतका काम गर्न सकिने  पनि जानकरी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: