×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सकिँदै प्रधानमन्त्री ओलीको सत्ता-काल, को हुन्छ नयाँ प्रधानमन्त्री ?

PRIME CA

सोमबार सकिँदै प्रधानमन्त्री ओलीको सत्ता-काल, को हुन्छ नयाँ प्रधानमन्त्री ?

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सोमबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता-काल सकिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार विशेष अधिवेशन बोलाइएको अवस्थामा उनले विश्वासको मत नपाउने पक्का भएपछी उनको सत्ता -काल सोमबार नै सकिन लागेको हो । 
प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् भने विश्वासको मत पाउन १३६ मत चाहिन्छ । यो अवस्थामा उनले विश्वासको मत नपाउने पक्का प्राय: भएको हो । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । 
महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ । जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । ओलीको सत्ता बहिर्गमनसँगै अव नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग पक्का भएको छ । यसअनुसार अव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: