×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, यस्तो छ तोकिएको ब्याजदर

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने  भएको छ । तोकिएको  समयमा पुरै ऋणपत्र बिक्रि नभएपछी बैंकले पुन म्याद थपेर जेठ २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको हो । अब लगानीकर्ताले सो मितिसम्म बैंकको ऋणपत्र किन्न सक्नेछन्  ।
बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । जसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ  । ४० लाख इकाई ऋणपत्रमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ ।
बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: