×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु सेलेक्ट फण्डमा १४५% को ओभर सब्सक्राइब, ५६ हजार ३१२ आवेदकले दिए साढे १४ करोड भन्दा बढीको आवेदन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रभु सेलेक्ट फण्डमा १४५% को ओभर सब्सक्राइब, ५६ हजार ३१२ आवेदकले दिए साढे १४ करोड भन्दा बढीको आवेदन

  • अर्थ सरकार सम्बाददाता 
काठमाडौँ । जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ ।
५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: