Skip to content
LAXMI SUNRISE BANK

प्रभु सेलेक्ट फण्डको १० करोड इकाईमा ‘ओभर सब्सक्राइब’, दोश्रो दिन नै माग भन्दा १०४ प्रतिशत बढी आवेदन पर्यो…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जेष्ठ ५ गतेबाट निष्कासन भएको प्रभु सेलेक्ट फण्डको इकाई दोश्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोश्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । ४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । 
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK