×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रैराङ हाइड्रोपावर विद्युत बिक्रीबाट हुने आम्दानी ६४.०२% ले बढायो, खुद नाफा ३ करोड ८५ लाख रुपैयाँ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रैराङ हाइड्रोपावर विद्युत बिक्रीबाट हुने आम्दानी ६४.०२% ले बढायो, खुद नाफा ३ करोड ८५ लाख रुपैयाँ

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ४.३८% ले खुद नाफा बढाएर ३ करोड ८५ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ६४.०२% ले बढाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ छ भने सञ्चालन नाफा पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढाएर १४ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ करोड ४८ लाख रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: