
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले कोभिड १९ संक्रमणको माहामारीबाट प्रभावित भएको अर्थतन्त्राई पुनरुत्थान गर्नका लागि सरकारले केही सामान र क्षेत्रमा कर छुट दिएको स्पष्ट पार्नुभएको छ ।
आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा सचिव पुडासैनीले सरकारले अघि सारेको कर छुट कार्यक्रमले लगानी बढाउने, नयाँ उद्योग स्थापना हुने, औद्योगिक क्षेत्र फस्टाउने र अन्तत त्यसले राजश्व पनि बढाउने विश्वास आफुहरुले लिएको बताउनुभएको हो । कुल बजेटको ६२ प्रतिशत भन्दा बढी राजश्वबाट नै परिपुर्ति गरिने भएकाले चालु आयोजनालाई निरन्तरता दिनका लागि र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनका लागि त्यसो गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले उत्पादनमुलक उद्योग, साना करदाता, निर्यातमुलक उद्योग र स्वास्थ्य उपचार सम्बन्धी सामानमा सरकारले भन्सार कर छुट दिएको स्पष्ट पार्नुभयो । त्यसैगरी आयात तर्फ औद्योगिक कच्चा पदार्थ, औषधी र घरायसी सामानमा छुट दिएको तथा नयाँ कर सुरु नगरिएको र भएका करका दरहरुको सामान्य समायोजन मात्रै गरिएको स्पष्ट पार्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्