×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सडकपेटिका दृश्यले बोलिरहेछ- ‘मान्छे बचाउने प्रयास जारी छ, तर सरकार मरिसक्यो…’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पताल जहाँ दैनिक उपचारका लागि सयौँ मानिसहरु प्रदेशभरका विभिन्न ठाउँबाट पुग्ने गर्दछन् । कोरोनाको दोस्रो संक्रमण विकराल बन्दै गएका बेला प्रदेशको रेफरल सेन्टर सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ठाउँ नै छैन । अस्पतालमा खाली बेड नहुँदा बिरामीको उपचार ग्यालरीमा राखेर गरिएको छ । तर पछिल्लो समय संक्रमितको संख्या तिव्र गतिमा फैलिन थालेपछि उपचारको लागि ठाउँ नै नहुँदा अस्पतालको इर्मजेन्सी जाने बाटोमै बिरामीको उपचार गर्न थालिएको छ ।
अस्पतालको गेटबाट भित्र छिर्दै गर्दा देखिने उक्त दृश्यले कोरोना संक्रमणको अवस्था र सरकारले गरेको पहललाई गतिलो झापड समेत हानेको छ । ‘संक्रमित भएर उपचारका लागि यहाँसम्म आयौँ तर बेड नै खाली छैन’, प्राङ्गडमै अक्सिजनको सिलिण्डर लिएर उपचार गराउँदै गरेका एक बिरामीले भने, ‘मान्छे बचाउने प्रयास जारी छ तर हाम्रा लागि सरकार मरिसक्यो ।’ बाँकी फोटोमा हेर्नुहोस्ः







Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: