
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप सिनोफार्म विश्वासयोग्य नभएको दाबी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको संकेत गरेका हुन् । डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्न सक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्न सक्नेतर्फ संकेत गरिएको पाइएको छ ।
डब्लूएचओका प्रवक्ताले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् । बेइजिंगस्थित सिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ । सिनोफार्म खोपकाको प्रभावकारिता मूल्यांकन डब्लूएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले गरेको हो । यसका लागि सिनोफार्मले उपलब्ध गराएको परीक्षण नतिजाहरु, ४५ राष्ट्रहरुले आपतकालिन प्रयोगको अनुमति दिँदा गरेका अध्ययन प्रतिवेदनहरु र मानिसहरुको यसले पारेको प्रभावका विषयमा अध्ययन गरिएको छ ।
हालसम्म ६५ मिलियन सिनोफार्म खोप लगाइसकिएको पाइएको छ । कोरोनाविरुद्धको यो खोप लगाइसकेपछि केहीको मृत्यु भएको र केहीलाई पुनः कोरोना देखिएपछि विश्वमा चिनियाँ खोपमाथि प्रश्न उठेको थियो । कोरोनाविरुद्धको चिनियाँ खोप सिनाफार्म लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई नै कोरोना भएपछि यो विश्व बहसको विषय बनेको हो । तर चीनले भने यस खोपमा कुनै साइड इफेक्टहरु नभएको र मृत्यु हुनुको कारण खोप नै भएको भन्ने एकिन भइ नसकेको जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्