×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

कोरोनाको प्रत्यक्ष प्रभावमा होटल क्षेत्र : सोल्टी होटल १३ करोड ६६ लाख रुपैयाँ खुद नोक्सानमा, प्रतिसेयर आम्दानी कति ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सोल्टी होटलले १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोनाको प्रत्यक्ष प्रभावमा होटल क्षेत्र परेकाले वित्तीय विवरण यस्तो देखिएको हो । गत वर्षको यसै अवधिमा होटलले १४ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 
यस्तै चैत मसान्तसम्म सोल्टीको आम्दानी ७३.५४% ले घटेर ३० करोड ८७ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नोक्सान १३ करोड ६२ लाख २७ हजार रुपैयाँ रहेको छ । यद्दपि, यस अवधिमा संस्थाको मौज्दात र तरलता औसत नै रहेको सोल्टीको व्यवस्थापन पक्षले जानकारी गराएको छ ।
चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६७ करोड ५ लाख ६७ हजार रुपैयाँ छ । होटलको प्रतिसेयर १ रुपैयाँ ६२ पैसा नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ पनि २३ रुपैयाँ १ पैसाबाट घटेर १७ रुपैयाँ ९६ पैसामा आएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal