×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमितले खचाखच भयो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, खुला आकास मुनि उपचार गरिदैँ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL

संक्रमितले खचाखच भयो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, खुला आकास मुनि उपचार गरिदैँ (भिडियो रिपोर्ट)

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईँमै बसेर उपचार गराईरहेका छन् । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार गराईएको हो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ । वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँ मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । 
आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् । कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी