×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक लिमिटेडले जेठ ९ गतेदेखि १५ लाख इकाई उर्जा ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएमबि बैंक लिमिटेडले जेठ ९ गतेदेखि १५ लाख इकाई उर्जा ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ? (विस्तृत विवरणसहित)

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ ९ गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । कुल  १५ लाख इकाई ऋणपत्रमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४% – २०९२/९३’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ४% ब्याजदर पाउने छन् । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । एनएमबिको उर्जा ऋणपत्रमा जेठ १२ गतेसम्म आवेदन दिन पाइनेछ । 
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: