- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाको साधारणसभा जेठ २४ गते हुने भएको छ । कम्पनीले ३ आर्थिक वर्षको साधारणसभा शाखा कार्यालय कुपण्डोल ललितपुरमा एकैसाथ जेठ २४ गते बोलाएको हो ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७४/७५,२०७५/ ७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
यस्तै विन र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनको अधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गर्नेलगायतका एजेण्डा सभमा छन् ।