×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले फेरि ल्यायो आरएमडीसी लघुवित्तसहित तीन लघुवित्तको सेयर लिलामीमा, भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले फेरि ल्यायो आरएमडीसी लघुवित्तसहित तीन लघुवित्तको सेयर लिलामीमा, भाउ कति ?

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आज मंगलबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
कैंयौपटक लिलामीमा ल्याउँदा बिक्री नभएपछि पुन: आरएमडीसीको ३ लाख ८४ हजार ९९५, मेरोको ५८ हजार ५६८ र महुलीको ५५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ४४१ रुपैयाँ, मेरोको सेयरमा ५३१ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम ७३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी