×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर भर्नुभयो त ? आवेदनका लागि सोमबारसहित ३ दिन मात्रै बाँकी

LAXMI SUNSIRE
GLOBAL IME BANK

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर भर्नुभयो त ? आवेदनका लागि सोमबारसहित ३ दिन मात्रै बाँकी

Artha Sarokar

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद भर्न आज सोमबारसहित अब ३ दिन बाँकी छ । कम्पनीको सो हकप्रदमा असार ९ गते बुधबारसम्म आवेदन दिने पाइनेछ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जेठ २० गतेबाट १ः०.२९३८ अनुपातमा (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलसहित अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा शाखाबाट आवेदन दिन सकिनेछ । 
यस्तै नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालय र मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन पाइनेछ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी